लोवर लङभ्युमा अजय एड्वर्ड्सले गरे सोलर लाइट उद्घाटन

IMG-20230317-WA0233.jpg

दार्जीलिङ: ‘हामीले हाम्रो वचन पूरा गर्दै आइरहेका छौ, सत्ता पक्षले पनि आफ्नो वचन पूरा गरेको राम्रो हो’, हाम्रो पार्टीका अध्यक्ष अजय एडवडर्सले यसो भनेका छन्। खरसाङ महकुमाअन्तर्गत लोवर लङभ्यूमा हाम्रो पार्टीले सोलर स्टेट लाइट जडान गरिदिएको छl लोवर लङभ्यू तराई क्षेत्रमा पर्ने भएको हुनाले यहाँ जङ्गली हातीलगायत जनवरहरू निस्कने भएको हुनाले स्थानीय बासिन्दाहरूले भयभीत बन्नु पारेको हाम्रो पार्टीले बताएको छl यसैलाई ध्यानमा राख्दै गत जीटीए सभाको चुनावमा हाम्रो पार्टीको उम्मेद्वार थेबा तामाङले आफ्नो चुनाव प्रचारप्रसारको क्रममा यस क्षेत्रका बासिन्दाहरूलाई सोलर स्टेट लाइट लगाई दिने वाचा गरेको बताइएको छl चुनावमा पराजित भए पनि थेबा तामाङ उनले लोवर लङभ्यूमा लगाइदिएको दुईवटा सोलर लाइट अजय एडवडर्सले उदघाटन गरे। यसै अवधिमा अजय एडवडर्सले भने, ‘चुनावको अवधि हामीले गरेका वाचाहरू पूरा गर्दै हिड्दैछौं। जीटीए सभाको चुनावमा हाम्रो पार्टीको उम्मेद्वार थेबा तामाङले यस क्षेत्रमा सोलर स्टेट लाइट लगाइदिने वाचा गरेका थिएछ, त्यो आज हामीले पूरा गरेका छौंl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *