जलस्रोतको संरक्षण गर्न विद्यार्थीहरूले अहम भूमिका

IMG-20230317-WA0278.jpg

गान्तोक: स्टेट इन्सटीट्युट अफ रूरल डेभलोपमेन्ट (एसआईआरडी) र पञ्चायत राजको संयुक्त पहलमा पाकिममा जिल्लास्तरीय विश्व जल दिवस पालन गरियो। पाकिमको स्थानीय सामुदायिक भवनमा आयोजित यस कार्यक्रममा विद्यार्थीहरूको निम्ति कविता वाचन, स्लोगन लेखन, गीत र चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। यस प्रतियोगिताको शिर्षक “ग्रामीण पिउने पानी प्रबन्धनमा जनसमुदायको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल रबिन सेवाले कार्यक्रमको समग्र कार्यसम्पादनलाई अभूतपूर्व भएको बताए। पानीको समस्या वा अभाव एक विश्वव्यापी संकट रहेको र यसलाई बुद्धिमानीपूर्वक संरक्षण गर्न भविष्यका पुस्ताहरूमाथि निर्भर रहने जानकारी गराए। उनले पानीको अभावसँग जुझ्न मानव जातिले अप्नाउन सक्ने प्रविधिहरू, जसमा वर्षाको पानी संकलन र सुक्खा क्षेत्रमा पानी खन्ने विधि लगायतका प्रविधिहरूमाथि प्रकाश पारे। उनले जलस्रोत संरक्षणको सन्देश समाजमा पुयाउन विद्यार्थीलाई सक्रिय भूमिका खेल्न आग्रह गरे। सोही प्रकारले आफ्नो सम्बोधनमा शिक्षा विभागका उपनिर्देशकले मानवीय हस्तक्षेपलगायत विभिन्न कारणले पानीको मात्रामा आएको ह्रास लगायत राज्यका नदी, खोलाको पानीमा कमी आएको बताए।
यसका साथै उनले आजको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने
विद्यालयहरुलाई बधाई दिए। पाकिम जिल्लाका डीपीओले जलस्रोत संरक्षणको महत्वमाथि प्रकाश पार्दै भावी पुस्ताका लागि पानीको दिगो उपयोग समयको आवश्यकता र माग रहेको बताए। यसै क्रममा थिरु प्रसाद नेपालले यस प्रकारको कार्यक्रमको आयोजना गरेकोमा प्रशंसा गर्दै यसले कविता, संगीत र नारा प्रतियोगिताको माध्यमबाट पानी संरक्षणको सन्देश दिएको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *