कृषकहरूलाई लिएर केभीकेमा एक दिवसीय कार्यशाला आयोजित

IMG-20230317-WA0288.jpg

गान्तोक: कृषि विज्ञान केन्द्र नाम्ची, आइसीएआर एनएनआइएफइटी कलकत्ताको संयुक्त पहलमा एक दिवसीय कार्यशाला, प्रदर्शनी इन्पुट वितरण कार्यक्रम आयोजना गऱ्यो। दक्षिण जिल्लाको कृषि विज्ञान केन्द्रमा आयोजित यस कार्यक्रममा आइसीएआरका नोडल अधिकारी डा. सञ्जय देवनाथ ट्रान्सफर अफ् टेक्नोलजीका इन्द्र प्रसाद शिवकोटी लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै केभीकेका प्रमुख आईपी शिवकोटीले यस कार्यक्रम आयोजना गरिनुको महत्वमाथि प्रकाश पार्दै केभीकेद्वारा आयोजना गरिएको गतिविधिबारे जनकारी गराए। सोही प्रकारले डा. सञ्जय देवनाथले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जुट एग्रोटेक्सटाइलको फायदाबारे विस्तृतरूपमा बताए। उनले किसानलाई लागत प्रभावकारी प्रतिफलका लागि उच्च मूल्यको बालीमा यस मल्चको प्रयोग गर्नुपर्ने विषयमा जोड दिँदै यसको मुख्य विशेषता भनेको यो बायोडिग्रेडेबल रहेको जनाए। उनले आइसीएआरले कृषक अनि कृषि क्षेत्रमा पुऱ्याएको योगदानबारेमा जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *