गान्तोक: राजधानी गान्तोकमा भोलिदेखि शुरु हुने दुइदिने एस २० अर्थात् स्टार्ट अप २० सम्मेलनमा सहभागिता जनाउन केन्द्रिय वाणिज्य एवं उद्योग राज्य मन्त्री सोम प्रकाश आज गान्तोक आइपुगेका छन्। यस अवधि उनलाई राज्यको प्रमुख प्रवेशद्वार रम्फूमा स्वागत जनाइयो। उनको स्वागतमा राज्यका प्रोटोकल अधिकारी पीटी पुल्गर, रम्फूका महकुमा अधिकारी सुश्री सुजाता सुब्बा, महकुमा पुलिस अधिकारी एलबी छेत्री लगायत सम्बन्धित विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। केन्द्रिय राज्यमन्त्रीले भोलिदेखि शुरु हुने जी २० अन्तर्गत स्टार्ट अप् २० सम्मेलनमा सहभागिता जनाउनेछन्।










