ईएफआरसी लाई पूर्ण अनुसन्धान संस्थानमा परिणत गर्न सांसद राजु बिष्टले उठाए माग

00-1-IMG-20230317-WA0242

सिलगढी: सांसद राजु बिष्टले केन्द्रीय पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव र भारत सरकारको वन महानिदेशक एवं विशेष सचिव चन्द्र प्रकाश गोयलसित भेट गरेका छन्। यस भेटघाटपछि उनले प्रेस विज्ञप्ति जारी गरेका छन्l  सो भेटमा ईस्टर्न फरेस्ट रेन्जर्स कलेज (ईएफआरसी) लाई उन्नत गरेर पूर्ण अनुसन्धान संस्थानमा परिणत गर्ने बारे छलफल गरेको उनले बताएका छन्। विज्ञप्तिमा उनले यसो भनेका छन्, ‘हालैमा, देहरादून स्थित वन शिक्षा निदेशकको तर्फबाट सीएएफई, खरसाङमा निष्क्रिय तथा प्रयोग नगरिएका जिनिसहरूलाई बुर्निहाट (असम) मा सार्नका लागि भन्दै एउटा पत्र पठाइएको थियो। मैले भूपेन्द्र यादवलाई संस्थानको उन्नतिकरणको घोषणा नगरिएसम्म खरसाङबाट कुनै पनि जिनिस नहटाउन अनुरोध गरेको छुl वन महा-निदेशक चन्द्र प्रकाश गोयलले यस सम्बन्धमा खरसाङबाट प्रयोग नगरिएका जिनिसहरूलाई सार्ने सम्बन्धमा पठाइएको पत्रको बेवास्ता गर्न तत्काल निर्देशन जारी गरेका छन्l’  

‘मन्त्रीले मलाई आश्वस्त पनि गरेका थिए, एमओईएफसीसीले ईएफआरसीलाई एउटा पूर्ण अनुसन्धान संस्थानमा उन्नतिकरणका लागि अनुरोधको सम्बोधनको दिशामा कार्य गरिरहेको छ, अनि यसका लागि विकल्पहरूको अध्ययन गरिँदैछ। म विश्वस्त छु, ईएफारसी पूर्वाधारलाई हाम्रो क्षेत्रका जनताको फाइदाका लागि राम्रोसँग प्रयोग गर्न सकिन्छ। म विद्यमान ईएफआरसी पूर्वाधारको उत्कृष्ट प्रयोग सुनिश्चित गर्नका लागि वचनबद्ध छु’, विज्ञप्तिमा यसरी बताएका छन्l   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement