बक्सा जंगलमा ८६ वटा थोप्ले मृगहरू छोडियो

2fa1d57e-4972-45f9-8f3a-2a1f9f24f5bf

कालचिनीः बक्सा ब्याघ्र प्रकल्पको कोर जंगलमा शुक्रबार बन विभागले जम्मा ८६ वटा थोप्ले मृग (Spotted Deer) छोड़े।बीरभूम जिल्लाको बल्लभपुर वाइल्डलाइफ सेङ्कचुअरी तीनवटा वाहनमा ल्याईएको उक्त थोप्ले मृगहरूलाई शुक्रबार बक्सा ब्याघ्र प्रकल्पका अधिकारी एवम् बनकर्मीहरूको सहयोगितामा छोड़ीएको र यस अघि पनि थोप्ले मृगहरु छोड़ीएको बन विभागले जनाएका छन्।


जैव विविधताले भरिएको बक्सा जंगललाई अझ वन्यजीवको नैसर्गिक स्थल बनाउन बन विभागले प्रयास चलाईरहेको र बक्सा जंगलमा धेरै वन्यजीवको बसोबास औ जंगल छोड़ेर चितुवा र बाघ अन्यत्र ठाउँहरु जस्तै चियाकमानभित्र अनुप्रवेश नहोस भन्ने उद्देश्यले थोप्ले मृगहरू छोड़िएको बन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement