चितुवाको आक्रमणमा एकजना श्रमिक घाईते

fc0af5a1-4496-483e-8d7b-3aceb6946b41

कालचिनीः डुवर्सको चियाकमानका सेक्सनहरू अहिले चितुवाको निम्ति आवासस्थलमा परिवर्तन भएको छ। दिनहुँ डुवर्सको चियाकमानहरूमा कोही न कोही श्रमिकहरू चितुवाको आक्रमणमा घाईते भईरहेको घटनाक्रमबीच शुक्रबार अपरान्ह समय मेचपाड़ा चियाबारीको १७ बी नम्बर सेक्सनमा तुम्बिल ड्युटीमा कर्मरत एकजना श्रमिक टीके थोकर उमेर ४८ माथि अचानक एउटा चितुवाले आक्रमण गरेर गम्भीर घाईते बनाएको थियो।
चितुवाको आक्रमणमा घाईते उक्त श्रमिकलाई कमानको अन्य श्रमिकहरूको सहयोगितामा प्रथमत कमान अस्पतालमा पुऱ्याएको थियो भने त्यहाँबाट पुनः उत्तर लोथाबारी ग्रामीण अस्पतालमा लगेर प्राथमिक उपचार गरिएको थियो। चितुवाले श्रमिकको गर्दनमा र हत्केलामा पञ्जा हानेर घाईते बनाएको चिकित्सकले जनाएका छन। यता उक्त सम्बन्धमा अस्पतालमा आईपुगेका हेमिल्टनगञ्ज रेञ्जर अंकन नन्दीले दुखद घटना घटेको बताउँदै श्रमिकको उपचार खर्च बन विभागले बेहोर्ने साथै कमानको सेक्सनमा फलामे पिञ्जड़ा बसाईने जनाएका छन्। यता मेचपाड़ा चियाबारीको सेक्सनहरूमा चितुवाको रगरगी बढ़्न थालेकोले श्रमिकहरू चिन्तित भएका छन भने चितुवाको आक्रमणमा अहिलेसम्म १० भन्दा अधिक श्रमिकहरू घाईते हुँदै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement