नक्सलबारी: एकजना व्यक्तिको मृतदेह नक्सलबारीको बेङ्गाईजोतमा झुन्डिएको अवस्थामा उद्धार भएको छ। मृतक व्यक्ति बिमल सिंह (४२)को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो परिवारका सदस्यहरूले घरभित्र झुन्डिएको अवस्थामा बिमललाई देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।