सिलगढी: एकजना व्यक्तिलाई प्रधान नगर थाना पुलिसले अधिक मात्रामा प्रतिबन्धित कफ सिरप सहित पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति नरेश साहनी भनी बताइएको छ। नरेश सहनी गत राति प्रतिबन्धित कफ सिरप बिक्री गर्ने उद्देश्यले चम्पासारी बजारमा आइपुगेको खबर पाएपछि प्रधान नगर थाना पुलिसले अभियान चलाएर तिनलाई पक्राउ गरेको बताइएको छ। पुलिसले एउटा ब्यागबाट अधिक मात्रामा प्रतिबन्धित कफ सिरप पनि उद्धार गरेको छ। एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि न्यायाधीशले दुई दिनको पुलिस रिमान्डमा राख्ने निर्देश दिएको छ।