कोलकाता: ईडीले शिक्षक भर्ती घोटालामा अभियुक्त हुगली बालागढ युवा नेता शान्तनु ब्यानर्जी र कुन्तल घोषको ३५ ब्यांक खाताहरू फ्रिज गरेको छ। शान्तनु ब्यानर्जीको ब्यांक खातामा करोडौं रुपियाँ भेटिएको छ। शान्तनुले केही प्रभावशाली व्यक्तिको निर्देशनमा काम गरेको दाबी गरिएको छ। पक्रा परेका युवा नेताले त्यो आदेश कार्यान्वयनको जिम्मेवारी कुन्तल घोषलाई दिएको पनि दाबी गरेका छन्। अर्कोतर्फ, ईडीले शान्तनु ब्यानर्जी, उनकी पत्नी र उनीहरूका कम्पनीहरूसँग जोडिएका कम्तीमा २० ब्यांक खाताहरू पनि ‘फ्रिज’ गरेको छ। यससँगै कुन्तल घोषको १५ वटा ब्यांक खाता रोक्का गरिएको छ। कुन्तल घोषलाई आज फेरि अदालतमा पेश गरिएको छ।
About Author
Post Views: 191