चुङथुङः चुङथुङ मेरीबुङ समष्टि अन्तर्गत लिंगिया गोदाम धुरा निवासी सोहन मास्केको घर आगलागि भएर घर नष्ट भएको खबर समष्टि जानकारी प्राप्त भए पछि बिधायक निरज जिम्बाले आज लिंगिया गोदाम धुरा भ्रमण गरि उक्त आगलागी भएको घरको निरीक्षण गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। निरीक्षणको क्रममा घर जलेर नष्ट भएको र सबै सर – समानहरू पनि केही बाकी नरहेको बिधायक जिम्बाले जानकारी गराउदै भने, यस दुखको समयमा मेरो बिधानसभा क्षेत्रवासीलाई सहयोग पुर्याउन मेरो कर्तव्य हो। पीडित परिवारहरूलाई भेटघाट गर्दै मैले सान्तवना दिएकोछु साथै मैले वहाँहरूलाई सहयोग पुर्याउने हेतुले मैले आफ्नो एक महिनाको वेतन प्रदान गरेको छु। यसको साथै गरगहना पनि जलेर नष्ट भएको कारण थप आर्थिक सहयोग पनि गरेको छु।

आपतकालीन सहयोगको निम्ति रासन ,लत्ताकपडा अनि तारपोलिनको सहयोग प्रदान गरे। पीडित परिवारलाई घर पुनर्निर्माणको निम्ति सम्बन्धित बिभागहरूलाई पत्राचार गरिदिने मैले वचन दिएको छु। बिधायक जिम्बाले आफ्नो बिज्ञप्तिमा थप जानकारी गराउदै भने, पीडित परिवारलाई सहयोग पुर्याउनु हुने गाउँ समाजका सम्पुर्ण मानुभावहरूलाई पनि म धन्यवाद दिन चहान्छु। यो समय भनेको राजनीतिको चस्माले हेर्नुहुदैन सबैले मिलेर पीडित परिवारलाई सहयोग पुर्याउनु सबैको कर्तब्य हो भनी बिधायक जिम्बाले जनाएका छन्। आज बिधायक जिम्बाको साथमा गोरामुमो केन्द्रीय समिति सदस्य किशोर राई, सुवर्ण राई लगायत समष्टिका प्रतिनिधि टोलीको उपस्थिति रहेको जानकारी दिनेस साम्पाङले जानकारी दिएका छन्।