अलिपुरद्वार: शमुकटलामा पदार्थ परीक्षण प्रयोगशाला उद्घाटन गरियो। समुक्तला ग्राम पञ्चायत कार्यालय छेउमा रहेको विद्युत कार्यालय भवनमा शमुकटला ग्राम पञ्चायतका अध्यक्ष पवन राईले उद्घाटन गरेका हुन्। अलिपुरद्वार जिल्लाको सतली ग्राम पञ्चायत पछि शमुकटला ग्राम पञ्चायत कार्यालयमा यस प्रयोगशालाको औपचारिक उद्घाटन गरिएको थियो। जिल्लाका विभिन्न स्थानका ठेकेदारहरूले यस प्रयोगशालाबाट बालुवा, ढुङ्गा र माटो परीक्षण गराउन सक्ने ग्राम पञ्चायतका अध्यक्ष पवन राईले बताए। शुक्रबार दिउँसो लगभग १ः३० बजे उक्त प्रयोगशालाको शुभारम्भ समारोहमा ग्राम पञ्चायतका कर्मचारी र पञ्चायत सदस्यहरुको उपस्थिति रहेको थियो।