सिवेज ट्रिटमेन्ट प्लान्ट ३-को फुलबारीमा मेयरद्वारा शिलान्यास

40f9c91d-0628-470a-ab24-7cb336f88c25-1024x768.jpg

फुलबारी: आज फुलबारीमा सिवेज ट्रिटमेन्ट प्लान्ट ३-को शिलान्यास सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार र अन्य अधिकारीहरूले गरे। गत वर्ष २००९ -मा फुलबारी इलाकामा सिवेज ट्रिटमेन्ट प्लान्ट ३-को निर्माण शुरू गरिएको थियो भने पछि काम बन्द गरिदियो। लामो समयपछि सिलगढी नगरनिगमले उक्त प्लान्टको काम शुरू गरेको छ। जोरापानी नदी र फुलेश्वरी नदीको पानीलाई सिवेज ट्रीटमेन्ट प्लान्टको माध्यमद्वारा वैज्ञानिक रूपमा प्रदूषण मुक्त गरेपछि यस पानीलाई नदीमा छोडिनेछ। यस सम्बन्धमा मेयर गौतम देवले भने, धेरै समय अघिदेखि यो काम बन्द रहेको थियो राज्य सरकार र राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको प्रयासमा फेरि उक्त कार्य शुरू गरिएको छ। पहिलो चरणमा ६८ करोड़ रुपियाँको लागतमा काम शुरू गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement