अखिल बंगाल तृणमूल शिक्षाबन्धु समितिद्वारा उत्तरबंग विश्वविद्यालयमा उप-कुलपति नियुक्त गरिनुपर्ने मागमा धरना

IMG-20230317-WA0130.jpg

सिलगढी: अखिल बङ्ग्ला तृणमूल शिक्षाबन्धु समिति उत्तरबंग विश्वविद्यालय शाखाका सदस्यहरूले उप-कुलपति नियुक्त गरिनुपर्ने माग गर्दै आज धरना प्रदर्शन गरे। आज संगठनका सदस्यहरू विश्वविद्यालयको प्रशासनिक भवनमा धरनामा बसे। तिनीहरूको आरोप अनुसार एक सप्ताहदेखि विश्वविद्यालयमा तनाउका माहौल देखापरेको छ। विश्वविद्यालयमा कुलपति तथा वित्त अधिकारी छैन। यसको साथै होस्टेलमा बस्दै आइरहेका विद्यार्थीहरूले खाना पाएका छैनन्। कर्मचारीहरूले वेतन पाएका छैनन्। विश्वविद्यालयको अत्यावश्यक कार्यमा असुविधा भइरहेको छ। यसैले चाँडै उप- कुलपति नियुक्त गरिनुपर्ने मागमा आज धरन प्रदर्शन गरेको हो। संगठनका प्रवक्ताले भने, राज्यका नेतृत्वलाई पहिलानै सूचित गरिसकेको छ। आगामी दिनमा राजभवनमा पनि सूचित गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement