उत्तर बंगाल विश्वविद्यालयको होस्टेलको मेस सेवा सामान्य भयो

653921f9-df02-4528-b0c0-ab7653d93db7

सिलगढीः अन्तत: भ्रम हट्यो र उत्तर बंगाल विश्वविद्यालयको होस्टेलको मेस सेवा सामान्य भयो। दुई दिनको लगातार विद्यार्थी आन्दोलनपछि उत्तर बङ्गाल विश्वविद्यालयको होस्टेलको मेस सेवा सामान्य अवस्थामा फर्किएको छ । बिहीबार बसेको छात्रावास अनुगमन समितिको बैठकपछि विश्वविद्यालय प्रशासनको अनुगमन समितिले मेस सेवा पहिलेको जस्तै सुरु गर्ने लिखित आश्वासन दिएको थियो ।त्यसपछि शुक्रबारको विरोध प्रदर्शन केही समयका लागि स्थगित गरिएको थियो । विश्वविद्यालयका विद्यार्थीले भने पहिले जस्तै पढाइ सुरु गरेका छन् । तर, उपकुलपति नियुक्ति र छात्रावासको सुरक्षा नबढाइएसम्म आन्दोलन जारी रहने विद्यार्थीको भनाइ छ । रामकृष्ण निवास होस्टलका सुपरिटेन्डेन्ट मनोरञ्जन चौधरीले अनुगमन समितिका अनुसार छात्रावासको समस्या सामान्य भइसकेको र आगामी दिनमा पनि जारी रहने बताए ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *