लामो प्रतिक्षापछि अन्ततः ढल प्रशोधन प्लान्ट सुरु भयाे

9ea158bd-cb21-445f-b01a-9f0d0551e102


६८ करोडको लागतमा सुरु भएको कामको मेयरले शिलान्यास गरेका हुन्

सिलगढीः लामो प्रतीक्षा समाप्त भएको छ। अन्ततः सिलगढीमा मलजल प्रशोधन प्लान्ट सुरु हुँदैछ। सिलगढीका मेयर गौतम देवले शुक्रबार यस कामको शिलान्यास गरेका हुन्। संयोगवश माकपाको पालामा महानन्दको फोहोर प्रशोधन केन्द्रको शिलान्यास पूर्व नगरमन्त्री अशोक भट्टाचार्यको हातबाट भएको थियो। यसअघिको वामपन्थी सरकारले केन्द्रको सहयोगमा महानन्दालाई प्रदूषणमुक्त बनाउने योजना सुरु गरेको थियो। तर, २०११ मा राज्यमा नयाँ सरकार सत्तामा आएपछि सिलगढी फेरी जेट्टी नजिकै महानंदा नदीको किनारमा बनेको यो ढल प्रशोधन केन्द्र बन्द भएको थियो। हालको महानन्द फोहोर प्रशोधन केन्द्र राज्य र केन्द्रको संयुक्त पहलमा पुनः सञ्चालन हुन लागेको हो। सिलगढीका मेयर गौतम देवले शुक्रबार यस कामको शिलान्यास गरेका हुन्।महानन्द नदीलाई प्रदुषणमुक्त राख्न सहरको फोहोर पानी शुद्ध गरी महानन्द नदीमा फाल्ने यो योजना रहेको मेयरले बताए। प्रदेशको ६७ प्रतिशत र केन्द्रको ३३ प्रतिशत योगदानमा आयोजना २ र ३ को काम सुरु भएको हो । ६८ करोडको लागतमा पहिलो चरणको काम सुरु भएको हो। आयोजनाको कुल लागत २७४ करोड रुपैयाँ रहेको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *