१७ मार्चः यूएफा यूरोपा लीग फूटबल टुर्नामेण्टमा युभेण्टस र म्यानचेष्टर युनाइटेडले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। यसबीच आर्सनल चाहिँ पराजित भएर टुर्नामेण्टबाट बाहिर भयो। बिहीवार राति खेलिएको राउण्ड अव् सिक्स्टीनको दोस्रो लेगको म्याचमा म्यानचेष्टर युनाइटेडले स्पेनिश क्लब रियल बेटिसलाई १-०-ले पराजित गऱ्यो। पहिलो लेगमा ४-१-ले विजयी भएको हुनाले समग्रमा ५-१-ले जीतको साथ म्यानचेष्टर युनाइटेड क्वार्टर फाइनलमा पुग्यो। रियल बेटिसको होम ग्राउण्डमा म्यानचेष्टर युनाइटेडलाई म्याचको एकमात्र गोल मार्कस रासफोर्डले ५५औं मिनटमा दिलाए। यसरी नै युभेण्टसले दशजना खेलाड़ीमा सीमित एससी फ्रेबर्गलाई २-०-ले पराजित गऱ्यो। पहिलो लेगमा १-०-ले विजयी भएको हुनाले समग्रमा ३-०-ले जीत हासिल गरी इटालियन क्लब क्वार्टर फाइनलमा पुग्यो। म्याचमा युभेण्टसबाट डुसान भ्लाहोविच र फेडेरिको चिएसाले गोल गरे। यसबीच प्रीमियर लीगको शीर्ष स्थानमा रहने आर्सनलले चाहिँ स्पोर्टिंग लिस्बन विरुद्ध पेनल्टी शूटआउटमा ५-३-ले हारको सामना गर्नु पऱ्यो। बिहीवार राति खेलिएको म्याच १-१-को ड्र-मा समाप्त भयो। यसअघि पहिलो लेगको म्याच पनि २-२-ले ड्र रहेको हुनाले म्याचको फसेला पेनल्टी शूटआउटद्वारा गरियो। म्याचमा ग्रानिट खाकाले १९औं मिनटमा गोल गरी आर्सनललाई जीतको नजिक पुऱ्याएका थिए तर पेड्रो गोन्साल्वेजले ६२औं मिनटमा लगभग ५० गजको दूरीबाट दर्शनीय गोल गरी पोर्तुगीच क्लबलाई १-१-को बराबरीमा पुऱ्याए। अतिरिक्त समयको खेलमा स्पोर्टिंग लिस्बनका खेलाड़ी मेनुएल उग्रातेलाई ११८औं मिनटमा रेड कार्ड देखाइयो।