अलैची खेतीबारे कार्यशाला

6sOlIHHu.jpg

गान्तोक: भारत सरकारको स्पाइसेस बोर्डको मंगन कार्यालयले कृषि विज्ञान केन्द्रको सम्मेलन कक्षमा ठूलो अलैंची सम्बन्धी एक दिवसीय गोष्ठी आयोजन गर्‍यो। कार्यक्रममा जिला पढ्चायत अध्यक्ष काडो लेप्चा, स्पाइसेस बोर्ड गान्तोकका सहायक निर्देशक, कृषि विकास अधिकारी, बागवानी विकास अधिकारी, बोर्डका वैज्ञानिक र कर्मचारीहरुको उपस्थिति रहेको थियो। गोष्ठीलाई सम्बोधन गर्दै जिल्ला अध्यक्षले कृषकमा सचेतनाका लागि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उनले अलैँची खेतीमा स्थानीय कृषकले भोग्नुपरेको साझा समस्याका बारेमा पनि जानकारी गराएका थिए। आफ्नो सम्बोधनमा उनले सहभागीहरुलाई सेमिनारको पूर्ण लाभ लिन आग्रह गरे। यसअघि बोर्डका सहायक निर्देशक डा. पुविचोनु रुत्सोले मंगन जिल्लामा मसला बोर्डले सञ्चालन गरेका गतिविधि तथा योजनाका बारेमा संक्षिप्त दानकारी गराए। वैज्ञानिक डा. शशाम शेखर बोराले ठूलो अलैंचीको उत्पादन प्रविधिबारेमा अन्तरक्रियात्मक सत्रको साथ पावर पोइन्ट प्रस्तुतीकरण दिए। उनले सहभागीहरुलाई अलैंची उत्पादन खेती गर्न प्रोत्साहन गर्दै उत्पादनमा सुधार गर्ने प्रविधि पनि प्रस्तुत गरेका थिए। उनले उच्च बजार मूल्यमा अलैंची जोगाउन खेती गर्नेबारे सचेतना समेत गराए। अर्का वैज्ञानिक डा. अजय दिवाकरले ठूलो अलैंचीको रोग व्यवस्थापनबारेमा विस्तृत प्रस्तुति दिए। बागवानी विकास अधिकृत र कृषि विकास अधिकृतले पनि कार्यक्रममा सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *