गुजरातमा आयोजना हुने मेलामा सिक्किमका दुईजनाले सहभागिता जनाउने

IMG-20230316-WA0280.jpg

गान्तोक: भोलिदेखि गुजरातमा आयोजना हुने २० दिवसीय हस्तशिल्प कला मेलामा सहभागिता जनाउन राज्यका दुई जना सदस्य प्रस्थान गरे। सो मेलामा सहभागी जनाउनको निम्ति पदमचे वनधन विकास केन्द्रका सदस्य साबित्री शर्मा र कटेङ पाम्फोक वनधन विकास केन्द्रका सदस्य सरिता थापा प्रस्थान गरेका छन्। उक्त मेलामा राज्यका विभिन्न क्षेत्रका वनधन विकास केन्द्रका आमा-दिदी बहिनीहरूद्वारा तयार गरिएको सामग्री प्रदर्शन साथै बिक्री गर्ने अवसर प्राप्त भएको छ। यसरी राष्ट्रीयस्तरको मेलामा सहभागी बन्ने अवसर प्रदान गरेकोमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ, मन्त्री सञ्जीत खरेललाई उनीहरूले धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *