सोरेङ ब्याडमिन्टन एसोसिएशनका प्रतिनिधिले गऱ्यो जौबारी इन्डोर स्टेडियमको निरीक्षण

IMG-20230316-WA0279.jpg

गान्तोक: सोरेङ ब्याडमिन्टन एसोसिएशन (एसबीए)-को प्रतिनिधि टोलीले बिहीबार सोरेङस्थित जौबारीमा निर्माणाधीन अवस्थामा रहेको इन्डोर स्टेडियमको निरीक्षण गरेका छन्। सोरेङ जिल्ला अन्तर्गत जौबारीमा निर्माणाधीन स्टेडियमको निर्माण कार्य अन्तिम चरणमा छ। यो स्टेडियम जिल्ला प्रशासनिक कार्यलयदेखि ०.५ किलोमिटर टाढामा अवस्थित छ। यहाँ इन्डोर स्टेडियमको निर्माण कार्य लगभग पूरा भइसकेको छ। सोरेङ ब्याडमिन्टन एसोसिएशनले खेलाडीहरुको निम्ति प्रयोग गर्दै आइरहेको सोरेङको सामुदायिक भवनलाई पनि अहिले भत्काएर नयाँ आधुनिक सामुदायिक भवन निर्माण गर्ने क्रम जारी रहेको छ। उता जौबारीको नयाँ इन्डोर स्टेडियम स्थानीय ब्याडमिन्टन खेलाडीहरुको लागि राम्रो विकल्पको बन्नेछ।

सोरेङ ब्याडमिन्टन एसोसिएशनका प्रमुख समन्वयक लोब्जाङ तामाङ, अध्यक्ष एबी गुरुङ, उपाध्यक्षद्वय पूर्ण राई र प्रमोता गुरुङ, महासचिव दिलीप शर्माले संयुक्तरूपमा आज जौबारी स्टेडियमको निरीक्षण गरेका हुन्।

आजै स्टेडियमको निरीक्षण पश्चात् सोरेङ ब्याडमिन्टन एसोसिएसनले सोरेङ डाँडा बजारस्थित एउटा होटलमा सभा सम्पन्न गऱ्यो। उक्त सभामा एसोसिएसनका कार्यकरणी सदस्यहरुको उपस्थिति थियो। सभामा सोरेङ ब्याडमिन्टन एसोसिएसन (एसबीए)-को प्रतिनिधित्व गरेर गोवामा ब्याडमिन्टन स्पर्धाको निम्ति गइरहेको खेलाडीद्वय प्रमोता गुरुङ र कुमार प्रधानलाई पनि एसोसिएसनले शुभकामना व्यक्त दिएको छ। दुई खेलाडीहरुलाई एसोसिएसनले प्रोत्साहन स्वरूप दस-दस हजार रुपियाँ पनि प्रदान गऱ्यो।

उल्लेख, यी दुई खेलाडीहरु एसबीए-को प्रतिनिधित्व गर्दै शुक्रबार गोवा प्रस्थान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *