भारतको जी२० अध्यक्षता अन्तर्गत बी२९ सम्मेलन गान्तोकमा शुरु

IMG-20230316-WA0281.jpg

सिक्किमले हरित प्रविधि, बजार पहुँच, मूल्य अभिवृद्धि र जैविक उत्पादहरूको लागि अनुसन्धान तथा क्षमता निर्माणमा लगानीको उपाय निकाल्दैछ: मुख्यमन्त्री तामाङ

५३ विदेशी सहभागी सहित २२ देशका प्रतिनिधिहरूसँगै १०० भन्दा बढी भारतीय प्रतिनिधिहरू सम्मेलनमा सहभागी

गान्तोक: भारतको जी२० अध्यक्षता अन्तर्गत बी२० सम्मेलन आज सिक्किमको राजधानी गान्तोकमा ‘पर्यटन, आतिथ्य, औषधि तथा जैविक खेती’ विषयका साथ शुरु भयो। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री श्री पी एस तामाङ गोले, सिक्किमका मुख्य सचिव श्री वी. बी. पाठक, डीपीआईआईटी, भारत सरकारकी प्रमुख सल्लाहकार सुश्री रूपा दत्त, श्री आशिष कुमार सिन्हा, संयुक्त सचिव (जी२०), जी२० सचिवालय,भारत सरकार, श्री नूर रहमान शेख, संयुक्त सचिव (आर्थिक कूटनीति), विदेश मामिला मन्त्रालय, भारत सरकार, डा. चिन्तन वैष्णव, मिशन निर्देशक, अटल नवाचार मिशन तथा अतिरिक्त सचिव, नीति आयोग, भारत सरकार र सुश्री नम्रता थापा, सचिव, सूचना तथा जनसम्पर्क विभाग, सिक्किम सरकारको उपस्थिति रहेको थियो।
मुख्य अतिथिको रूपमा आफ्नो मुख्य भाषणमा सिक्किमका मुख्यमन्त्री तामाङले राज्यहरूबीच ७१ अङ्कको उच्च एसडीजी सूचकाङ्कका साथ तथा समर्थक नीतिहरूको माध्यमले स्थायी आजीविका सिर्जना गर्नमा सफल भएको विषयमा प्रकाश पारे। मुख्यमन्त्रीले सिक्किमलाई देशको पहिलो जैविक राज्यको रूपमा मान्यता प्राप्त भएको र विश्व समुदायलाई लाभान्वित गर्न सक्ने पर्यटन सम्भावना रहेको बताए।
सिक्किम सरकारका मुख्य सचिव श्री वी बी पाठकले जैविक खेती, पर्यटन, औषधि र आतिथ्य सत्कारका क्षेत्रमा सिक्किमको सम्भाव्यतालाई रेखाङ्कित गरे। राज्यले जैविक खेतीमा निजी कम्पनीसँग संयुक्त लगानी गरेको उल्लेख गर्दै मुख्य सचिवले पर्यटकलाई विशेष गरी पर्यावरण र साहसिक पर्यटनमा आकर्षित गर्न राज्यले पर्यटनमा लगानीमैत्री नीति अपनाएको बताए।
उद्घाटन सत्रलाई पर्यटन, आतिथ्य, जैविक खेती र औषधिमा बहुपक्षीय व्यापार साझेदारीका अवसरहरूको खोजी गर्ने पूर्ण सत्रका रूपमा अगाडि बढ़ाइएको थियो। सिक्किम सरकार, विदेश मन्त्रालय र डीपीआईआईटीसँगको सहकार्यमा यो पहलमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) साझेदार छन्।
५३ विदेशी सहभागीसहित २२ देशका प्रतिनिधिहरू सम्मेलनका लागि सिक्किममा भेला भएका छन्, जसमा १०० भन्दा बढी भारतीय प्रतिनिधिहरू पनि समावेश छन्। उनीहरूलाई भोलि सिक्किमको सबैभन्दा ठूलो रूम्तेक गुम्बामा लगिनेछ र त्यहाँको समृद्ध सांस्कृतिक सम्पदा प्रदर्शन गरिनेछ।
डा. चिन्तन वैष्णव, मिशन निर्देशक, अटल नवाचार मिशन तथा नीति आयोगका अतिरिक्त सचिव, सुश्री रूपा दत्त, प्रमुख आर्थिक सल्लाहकार, उद्योग र आन्तरिक व्यापार प्रवर्द्धन विभाग, श्री आशिष कुमार सिन्हा, संयुक्त सचिव (जी20), जी२० सचिवालय, भारत सरकार, श्री नूर रहमान शेख, संयुक्त सचिव (आर्थिक कूटनीति), विदेश मामिला मन्त्रालय, श्रीमती नम्रता थापा, सचिव, आईपीआर विभाग, सिक्किम, श्री प्रदीप पुरोहित, सदस्य, सीआईआई उत्तर पूर्व परिषद् र अन्य प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement