सिक्किमेहरूलाई बी२० कार्यक्रमहरूबाट फाइदा उठाउन चामलिङको आह्वान

IMG-20230316-WA0283.jpg

गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले सिक्किममा बी २० कार्यक्रमहरूको सफलता सुनिश्चित गर्न सबै मिलेर काम गरौं भनी आह्वान गरेका छन्। उनले यो कार्यक्रम सिक्किमको निम्ति अति नै महत्वपूर्ण रहेको बताउँदै सबैलाई चर्चामा सहभागी बन्न अनि योगदान दिन पनि आह्वान गरेका छन्। एसडीएफ अध्यक्ष चामलिङले सिक्किममा आजदेखि शुरू भइरहेको बी २० कार्यक्रमप्रति खुशी व्यक्त गरेका छन्। उनले बी २० एउटा यस्तो मञ्च हो जहाँ जी २० का व्यापारका नेताहरू एउटा मञ्चमा भेला भएर वैश्विक आर्थिक मुद्दाहरूमाथि चर्चा गर्छन् र नीति सम्बन्धित सिफारिशहरू गर्छन् भनी बताएका छन्। उनले सिक्किममा विकास र प्रगतिको अपार सम्भावना छ भन्दै एसडीएफ सरकारको कार्यकालमा पर्यटन, आतिथ्य, जैविक कृषि र औषधि उद्योगमा व्यापक प्रगति भएको जानकारी गराएका छन्। उनले बी २० कार्यक्रम सिक्किमको निम्ति ठूलो अवसर रहेको र यस अद्वितीय अवसरको सिक्किमेहरूले फाइदा उठाउने छन् भनी आशा व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *