चक्रवाती आँधीले उत्तर बंगालका ५ जिल्ला प्रभावित: मन्त्री

arup-biswas-e1632749072136

कोलकता: उत्तर बंगालका ५ जिल्ला जलपाइगढी, अलिपुरद्वार, कुचबिहार, दार्जिलिङ र कालेबुङ चक्रवाती आँधीले क्षतिग्रस्त भएको छ। विद्युत भवनमा आयोजित पत्रकार सम्मेलनमा विद्युत विभाग मन्त्री अरुप विश्वासले सो जानकारी दिएका हुन्। ग्लोबल वार्मिङका कारण हिज साँझ उत्तर बङ्गालका पाँच जिल्लामा तीव्र हावा चलेको उनले बताए। जसका कारण जलपाइगढी, अलिपुरद्वार र कुचबिहार जिल्ला नराम्ररी क्षतिग्रस्त भएका छन्। एक सय बिजुलीका पोल भाँचिएको उनले बताए। २५० रुख तारमा खसेका छन्। विद्युत् विभागका तीन सय कर्मचारीले बेलुका ८ बजेदेखि ३ बजेसम्म सबै काम सुचारु गर्न परिश्रम गरेका थिए। हावाहुरी र उच्च माध्यमिक परीक्षाको सम्भावनालाई मध्यनजर गर्दै आगामी २८ सम्मका सबै पदाधिकारीको बिदा रद्द गरिएको उनले बताए। सो अवसरमा सबै जिल्लाका विद्युत अधिकारीलाई कुनै पनि परिस्थितिसँग जुध्न तयार रहन निर्देशन दिइएको छ। यस आँधीका कारण कुनै मानवीय क्षति भने भएको छैन।

About Author

Advertisement