सिक्किमलाई विश्वकै ‘ग्रीन एग्रो इकोलजिकल डेस्टिनेशन’ बनाउन समर्थनको निम्ति मुख्यमन्त्रीको अपील

Untitled-1-copy-35

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमलाई विश्वकै ‘ग्रीन एग्रो इकोलजिकल डेस्टिनेशन’ को रूपमा स्थापित गर्न समर्थनको निम्ति अपील गरेका छन्। उनी आज (बिहिवार) देखि शुरू भएको बी२० सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थिए। राजधानीको चिन्तन भवनमा आयोजित बी२०(B20) सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले बी२० र जी२० प्रतिनिधिहरू समक्ष चारवटा यस्तो क्षेत्रको उल्लेख गरे जसमा सिक्किमलाई अहिले समर्थनको खॉंचो परेको छ। उनले सिक्किमलाई यस्तो ग्रीन टेक्नोलोजीको खॉंचो रहेको बताए जसद्वारा सीमित खेतबारीबाट राम्रो उत्पादन सुनिश्चित गर्न सकिन्छ।

उनले राज्यका नयॉं पीढ़ीका कृषकहरूको क्षमता विकासका साथै उनीहरूलाई जैविक खेतीमाथि नयॉं तरिकाको प्रशिक्षण प्रदान गरिनु पर्ने आवश्यकतामाथि ध्यान आकर्षित गराए। यसैगरी, मुख्यमन्त्रीले मार्केट कनेक्टिविटी र पहुॅंच पनि सिक्किमको निम्ति महत्वपूर्ण रहेको बताए। उनले बी२० र जी२० का प्रतिनिधिहरूलाई यी क्षेत्रहरूमा निवेश गर्न अनि सिक्किमलाई ‘ग्रीन एग्रो इकोलजिकल डेस्टिनेशन’ बनाउन अपील गरे। यस अघि मुख्यमन्त्री तामाङले जी२० अन्तर्गत सिक्किमलाई दुईवटा सम्मेलन आयोजन गर्ने दुलर्भ अवसर प्रदान गरेकोमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति सिक्किमेहरूको तर्फबाट आभार व्यक्त गरे। ‘पर्यटन, आतिथ्य, औषधि उद्योग र जैविक खेतीमा बहुपक्षीय व्यापार साझेदारीको अवसर’ विषयमाथि यो सम्मेलन आयोजना भइरहेको उल्लेख गर्दै उनले उक्त विषय सिक्किमको प्रतिध्वनी रहेको बताए।

मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा दीगो लक्ष्य सूचकांकमा सिक्किमले देशमै आठौं स्थान प्राप्त गरेको, राज्यमा महिला सशक्तिकरण र लैङ्गिक समानता सुनिश्चित गरिएको पनि सम्मेलनमा जानकारी गराए। यस अतिरिक्त, उनले आमा सशक्तिकरण योजना, मेरो रूख मेरो सन्तति आदि जस्ता सरकारका योजनाहरूमाथि पनि प्रकाश पारेका थिए। उद्घाटन सत्रलाई सिक्किम सरकारका मुख्य सचिव वीबी पाठक, भारत सरकारको उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागकी प्रधान आर्थिक सल्लाहकार रूपा दत्ता, जी२० सचिवालयका संयुक्त सचिव आशिष कुमार सिन्हा, भारत सरकारको विदेश मन्त्रालयका संयुक्त सचिव (आर्थिक कूटनीति) नूर रहमान शेख र नीति आयोगका अतिरिक्त सचिव डा. चिन्तन वैष्णवले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *