कुचबिहारः उच्च माध्यमिक परीक्षा अवधि परीक्षा केन्द्रमा मौरीको झुण्डले हमला गरेको छ। मौरीले टोकेर एक अन ड्यूटी पुलिसकर्मी र एक आशाकर्मी घाइते भएका छन्। उनीहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ। हल्दीबाडी नवकिशोर उच्च विद्यालयमा बिहिवार उक्त घटना घटेको हो।
जानकारी अनुसार, नवकिशोर उच्च विद्यालयको भवनमा बसेका मौरीहरूको झुण्ड अचानक उड्न थालेपछि विद्यालयमा होहल्ला मचियो। हेर्दा हेर्दै ड्यूटीमा तैनात एक आशाकर्मीमाथि मौरीले हमला गऱ्यो। मौरीले टोकेपछि आशाकर्मी भुॅंइमा लडिन्। उसलाई बचाउन गएका एक पुलिसकर्मीलाई पनि मौसीले हमला गऱ्यो। सूचना पाएपछि हल्दीबाडी थानाका आईसी डीजी भोटिया, हल्दीबाडी बिट गौतम मजूमदारसहित दमकल विभागका कर्मी त्यहॉं आइपुगे, जसपछि स्थितिलाई नियन्त्रित गरियो।










