कुचबिहारः जंगल सफा गर्दा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ। घटना बिहीवार भारत-बांग्लादेश सीमामा शीतलकुची प्रखण्डको गोलेनाओ हाटी ग्राम पञ्चायतको गाछतला क्षेत्रमा घट्यो। मृत किसानको नाम शहजान मिया बताइएको छ। किसान गाछतला क्षेत्रको निवासी थियो। जानकारी अनुसार, शहजान भारत-बांग्लादेश सीमामा काँटिलो तारहरूको पल्लो पट्टी खेती गरेर आफ्नो जीविका चलाउनेगर्थ्यो।
आरोप छ, आज बिहान ड्यूटीमा तैनात बीएसएफका जवानहरूले शहजानलाई बोलाएर जंगल सफा गर्ने निर्देश दिए। जंगल सफा गरेको समय करेन्ट लाग्दा शहजान गम्भीर रूपमा घाइते भयो। उसलाई तुरन्तै शीतलाकुची प्रखण्ड स्वास्थ्य केन्द्र लगियो, जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे। यो खबर फैलिनसाथ वरिपरिका मानिसहरू घटनास्थलमा पुगे औं बीएसएफ विरूद्ध रोष प्रकट गरे। यद्यपि, यस सम्बन्धमा बीएसएफको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। शीतलकुची थाना प्रभारी मृत्युन्जय चक्रवर्ती अनुसार, शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति माथाभाङ्गा मुर्दाघरमा पठाइएको छ।











