गान्तोकः सिक्किममा आजदेखि शुरू भएको जी२० र बी२० सम्मेलनहरूमा सहभागी बन्न आएका प्रतिनिधिहरूले राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग भेट गरेका छन्।
यस क्रममा भारतीय उद्योग परिसंघ समिति एवं उत्तर पूर्वी जी20 बी२० का सदस्य श्रीनिवासन रेड्डी, शिवा बंदरु, मुख्य कार्यकारी अधिकारी, डिजिटल सीआईडी एवं मरिशस स्टेट ब्याङ्कका प्रमुख प्रदीप्त दासले राजभवन परिसरमा राज्यपालसॅंग शिष्टाचार भेट गरे। यस भेट अवधि विभिन्न सम्भावनाहरू र निवेश योजनाहरूमाथि चर्चा गरियो। राज्यपालले ती सबै पहलहरूमा समर्थनको आश्वासन दिए, जसले सिक्किमको विकासलाई बढ़ावा दिने छ र राज्यमा रोजगारका अवसरहरूको दैलो खोल्ने छन्।











