मिरिक: मिरिक महकुमा अन्तर्गत मिरिक बस्ती डुटिन १० नम्बर सुन्तलाको खेती गर्ने कृषकहरूलाई पश्चिम बंगाल अनुसूचित जाति जनजाति एवम् पछौटे वर्ग विभाग अनि फाइनेन्स कोपरेसन दार्जिलिङ ब्राञ्चद्वरा सुन्तलाका विरुवाहरू वितरण गरियो। विभागीय अधिकारीहरू लगायत मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, भागोप्रमो मिरिकका नेता समिर राई, नारी शक्ति समष्टि अध्यक्ष किरण सुब्बा आदिको बाहुलीबाट एउटा कार्यक्रमबीच सुन्तला कृषकहरूलाई सुन्तलाका विरुवाहरू वितरण गयो। यस अवसरमा भौगोलिक दृष्टिकोणले सुन्तला उत्पादन गर्नका निम्ति उपयुक्त मौसम तथा हावा पानी रहेकोले मिरिक बस्ती १० नम्बरमा सुन्तला खेतीलाई अझ विकसित गरेर कृषकहरूलाई आर्थिक लाभ प्रदान गर्ने उद्देश्यले सुन्तलाका विरुवाहरू आज वितरण गरिएको हो भनि विभागीय अधिकारीहरूले बताए।











