कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा बिहीबार सुन्तलाबारी र जयगाउँ मेचे बस्ती बीओपी अन्तर्गत पर्ने २५-२५ जना गाउँले महिलाहरूलाई नागरिक कल्याण कार्यक्रम अन्तर्गत निःशुल्क टेलरिङ प्रशिक्षण प्रदान गरिएको थियो भने जम्मा २८ दिनको प्रशिक्षण समापन पश्चात बिहीबार सुन्तलाबारी र जयगाउँ मेचे बस्तीका प्रशिक्षणप्राप्त महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको एसएसबी सुत्रले जनाएका छन्।
बिहीबार प्रमाणपत्र वितरण कार्यक्रममा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको द्वितीय कमान अधिकारी धीरज कुमार लगायत उप-कमान्डेन्ट सौमेन रोय एवम् अन्यान्य अधिकारी अनि एसएसबी जवानहरूको उपस्थिति रहेको थियो।
यसै क्रममा बिहीबार गाउँले खेलप्रेमी युवाहरूलाई खेलकूद सामग्री साथै जीम सामग्री पनि प्रदान गरिएको एसएसबी सुत्रले जनाएका छन्।











