नामरिङ, जिङलाम र पुबोङ चियाबारीको समस्याबारे जीटीए टोलीको श्रम मन्त्रीसित कोलकातामा बैठक

IMG-20230316-WA0265.jpg

दार्जिलिङ: दार्जिलिङको रंगली-रंगलियट् खण्ड अन्तर्गत बन्द अवस्थामा रहेको नामरिङ, जिङलाम र पुबोङ चियाबारीका श्रमिकहरूको हितमा तकदाह-टिस्टाभेल्ली समष्टिका जीटीए सभासद डेण्डुप पाखरिन अघि आएका छन्। उनकै विशेष पहलमा हाल कलकत्तामा रहेको जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहान, कार्यकारी सभासद सतिश पोखरेल लगायतको टोलीले पश्चिम बंगाल राज्यका श्रममन्त्री मलय घटकसित भेट गरेर बन्द अवस्थामा रहेका नामरिङ, जिङलाम र पुबोङ चियाबारीको जटिल समस्या समाधानको लागि बैठक गरेको जानकारी प्राप्त भएको छ। उक्त बैठकमा मन्त्री मलय घटकले नामरिङ, जिङलाम र पुबोङ चियाबारीका सम्पूर्ण श्रमिकहरूलाई केही दिनको निम्ति शान्ति श्रृङ्खला बनाइराख्ने अनुरोध गर्दै ती चियाबारीहरूको समस्या समाधान गर्न श्रम विभागले चाँडै बैठक गरेर श्रमिकहरूलाई न्याय दिने आश्वासन टोलीलाई दिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement