दार्जीलिङ: चुनावी रणनीतिकार संजोग दत्तले हाम्रो पार्टीको झण्डा समाएका छन्। दार्जीलिङ जिल्लाको खरसाङ महकुमामा जन्मेका संजोग दत्त आज हाम्रो पार्टीमा सामेल भएका छन्। पार्टी अध्यक्ष अजय एडवार्डले चुनावी रणनीतिकार संजोग दत्तलाई खदा लगाएर पार्टीमा न्यानो स्वागत जनाइएको छ। चुनावी रणनीतिकार संजोग दत्तले वरिष्ठ चूीनावी रणनीतिकारले बिहार र आन्ध्र प्रदेशको चुनावमा काम गरी सकेका छन्। उनलाई चुनावी रणनीतिको बारेमा धेरै ज्ञान रहेको बताइएको छ। संजोग दत्तलाई हाम्रो पार्टीको सोच र भिजन अति नै मन परेपछि उनी आज हाम्रो पार्टीमा सामेल भएको हो जनाइएको छ। पार्टी अध्यक्ष अजय एडवाडर्सले चुनावी रणनीतिकार संजोग दत्तलाई पार्टीमा भव्य स्वागत जनाएका छन्। संजोग दत्त एक कुशल चुनावी रणनीतिकार हुनको साथै उनी एक सफल पत्रकार पनि हुन्। उनले नेपालको रिपब्लिक मिडिया, तहल्का डट कम, सीएनएन, न्यु १८ जस्ता मिडिया हाउसहरूमा पनि अघिबाटै काम गरी सकेका छन्।चुनावी रणनीतिकार संजोग दत्तले हाम्रो पार्टीको झण्डा समाएपछि हाम्रो पार्टीको सोच र भिजनलाई जनता समक्ष पुराउन साथै पार्टीको भावी कार्यक्रमहरूको रूप रेखाहरू तयार गर्नमा सहयोग गर्ने पार्टी अध्यक्ष अजय एडवार्डलाई वचन दिएको छ। हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डको इमान्दारितालाई कदर गर्दै अहिले बुद्विजीवि, राजनीतिज्ञ, लेखक, साहित्यकार, पत्रकार, चूनावी रणनीतिकारहरू सामेल हुन थालेको छ पार्टी सुत्रले बताएको छ। हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै गोर्खा जातिको जातिया मुद्वा र पहाडको विकाश आदि जस्ता विषयहरूमाथि इमान्दारितापूर्वक काम गर्ने वाचा गर्दै आईरहेको छ।











