तस्करी हुन आँटेको सालको काठ जफ्त।

e151df2c-2ae4-4834-ba68-77861baf9d4f

कालचिनीः बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ दमनपुर रेञ्ज लगायत हेमिल्टनगञ्ज रेञ्ज र पाना मोबाइल रेञ्जको संयुक्त अभियानमा बिहीबार कालचिनी रेल स्टेशनबाट रेलमा लुकाएर तस्करी गर्न खोजिएका अवैद्य सालको काठहरू बनकर्मीहरूले सुँईको पाएर जफ्त गर्न सफल भएको छ। गोप्य श्रोतबाट पाएको सूचनाको आधारमा बनकर्मीहरूले सिलगढ़ीगामी रेलमा नजर राखेको थियो भने कालचिनी स्टेशनमा रोकिएको रेलको डब्बा जाँच गर्दा बनकर्मीहरूले लगभग १२ सीएफटी सालको चिराईएको काठहरू बरामद गर्न सफल भएको थियो।

उक्त सालको काठसितै बनकर्मीहरूले दमनपुर निवासी एकजना नन्द नाग नामक व्यक्तिलाई काठ तस्करीको सम्बन्धमा समातेको जनाएका छन्। पक्राउ परेका आरोपीलाई शुक्रबार अलिपुरद्वार जिल्ला अदालतमा पठाईने बन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement