भागोप्रमो टोलीद्वारा हाउस फर अल योजनाको कामको निरीक्षण

CollageMaker_202331619225660.jpg

खरसाङ: खरसाङ नगरपालिकाद्वारा खरसाङका एक नम्बर वार्डदेखि २० नम्बर वार्डमा कच्चा घर हुने जनताहरूको घर पक्का बनाउने सरकारी योजना हाउस फर अल लिएर धेरै जनगुणासो सुन्न आईरहेको थियो। यसै विषयलाई जीटीएका मुख्य कार्यपाल तथा भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले भागोप्रमो खरसाङ टाउन कमिटीलाई निरीक्षण गरी एचएफएकाे घर पाउने लाभार्थीहरुसंग रिपोर्ट तैयार गर्नु भनी दिएको निर्देशलाई पालन गर्दै बिहीबार भागोप्रमो टाउन कमिटीका प्रतिनिधिगण वार्ड नम्बर २ टेकवीर बस्ती पाखामा भ्रमण गरेका छन्। लाभार्थीहरुले बनाएको घर कति प्रतिशत बनियो अनि कति बनाउन बाँकी छ भनी निरीक्षण गर्दै खरसाङ टाउन कमिटीका उपाध्यक्ष सन्दीप बल, सह सचिव बीरबल पाख्रिन, साङ्गठनिक सचिव रंजन गजमेर, कार्यकारीणी सदस्य विकाश तामाङ्ग र रमोद गुरुङद्वारा उनीहरुको घर बनाउनमा भईरहेको समस्यालाई नगरपालिकाद्वारा प्राप्त जानकारी र सुझाव उनीहरूलाई दिने कार्य गरेका छन्। आजको यस निरीक्षण कार्यक्रममा वार्ड नम्बर २ टेकवीर बस्ती प्रशाखा कमिटीका सभापति सुजय गुरुङ, सचिव नरेन लामा तथा वार्ड सभापति पुष्प गुरुङकाे पनि विशेष सहयोग थियो भनी भागोप्रमो खरसाङ टाउन कमिटीको प्रचार प्रसार सचिव संजय राउतले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *