प्रसिद्ध नेपाली फिल्म निर्देशक प्रताप सुब्बालाई खरसाङमा श्रध्दाञ्जली अर्पण

IMG-20230316-WA0260.jpg

खरसाङ: नेपाली फिल्म जगतको प्रसिद्ध निर्देशक प्रताप सुब्बाको आज निधन भएको छ। उनको निधन आज दिउँसो १२ बजेतिर सिलगढीको एक निजी नर्सिङ होममा निधन भएको जानकारी प्राप्त भएको छ। उनी ७८ वर्षको थिए। उनको पार्थिव शरीर आज दार्जिलिङस्थित वासस्थानमा लाने क्रममा खरसाङमा श्रध्दाञ्जली अर्पण गरिएको छ। सिलगढीबाट दार्जिलिङ लाने क्रममा प्रताप सुब्बाको पार्थिव शरीरलाई खरसाङको मोटर स्ट्याण्डमा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरू, कलाकार र साहित्यकारहरूले श्रध्दाञ्जली अर्पण गरेका छन्। यस अवसरमा गोर्खा जनपुस्ताकालय खरसाङको प्रतिनिधिहरू, वरिष्ठ साहित्यकारहरू, वरिष्ठ कलाकारहरू भेला भएर नेपाली फिल्म जगतको प्रसिद्ध निर्देशक प्रताप सुब्बाको पार्थिव शरीरलाई श्रध्दाञ्जली अर्पण गरेका छन्।

निर्देशक प्रताप सुब्बाको निधनले नेपाली फिल्म जगतमा ठूलो क्षति पुगेको बताइएको छ। उनले गुरूप्रसाद मैनालीद्वारा लिखित कथा ‘परालको आगो’ नामक नेपाली फिल्म सन् १९७८ मा निर्देशन गरेर आफ्नो फिल्मी करियर शुरू गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *