दार्जिलिङ: नेपाली फिल्म जगतको प्रसिद्ध निर्देशक प्रताप सुब्बाको आज निधन भएको छ। उनको निधन आज दिउँसो १२ बजेतिर सिलगढीको एक निजी नर्सिङ होममा निधन भएको जानकारी प्राप्त भएको छ। उनी ७८ वर्षको थिए। उनको पार्थिव शरीर आज साँझसम्ममा उनको दार्जिलिङस्थित वासस्थानमा ल्याइने जानकारी पारिवार सुत्रबाट प्राप्त भएको छ। निर्देशक प्रताप सुब्बाको निधनवे नेपाली फिल्म जगतमा ठूलो क्षति पुगेको बताइएको छ। उनले गुरूप्रसाद मैनालीद्वारा लिखित कथा ‘परालको आगो’ नामक नेपाली फिल्म सन् १९७८ मा निर्देशन गरेर आफ्नो फिल्मी करियर शुरू गरेका थिए। उक्त फिल्म ‘परालको आगो’ नेपाली फिल्म जगतको पहिलो फिल्म मानिन्छ।

नेपाली फिल्म जगतको शुरुवाती समयमा नेपाली फिल्म क्षेत्रलाई उचाईमा लानलाई धेरै महत्वपूर्ण कार्यहरू गरेको बताइन्छ। प्रताप सुब्बाले परालको आगो फिल्मपछि अन्य फिल्महरू – बाँच्न चाहानेहरू (१९८२), मशाल (१९८५), कहीँ उज्यालो कहीं अँध्यारो (१९८८), दिदी (१९९२), चट्याङ (१९९४), भीष्म प्रतिज्ञा (१९९५) जस्ता प्रसिद्ध नेपाली फिल्महरू निर्देशन गरेका थिए।











