सिलगढी: एकजना युवकलाई प्रधान नगर थाना पुलिसले प्रतिबन्धित कफ सिरपसहित पक्राउ गरेको छ। यसरि पक्राउ गरेर आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक डागापुर इलाका निवासी राजु रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार राजु राय प्रतिबन्धित कफ सिरप बिक्री गर्ने उद्देश्यले जक्सनमा पुगेका थिए।
गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले जक्सनमा अभियान चलाएर प्रतिबन्धित कफ सिरप सहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। स्मरण रहोस्, गत एक हप्ताको अवधिमा प्रधान नगर थाना पुलिसले लाखौं रुपियाँको प्रतिबन्धित कफ सिरप सहित चारजनालाई पक्राउ गरेको छ।











