नक्सलबारीमा चट्याङले ५८ वर्षीयव्यक्तिको मृत्यु

Death-Image-Rep-copy

नक्सलबारी: चट्याङले एकजना व्यक्तिको मृत्यु नक्सलबारीको बुधकरण जोतमा भएको छ। मृतक व्यक्ति ५८ वर्षीय कालाचाँद बर्मनको रूपमा चिन्हित गरिएको छ। यो घटनापछि क्षेत्रमा शोकको लहर छाएको छ। गत राति कालाचाँद बर्मन कामबाट घर फर्किरहेको समय सडकमा चट्याङ लागेर तिनको मृत्यु भएको बताइएको छ। स्थानीय मानिसहरूले आज बिहान सडक किनारमा तिनको मृतदेह देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement