सिलगढी: सबै रिक्त पदमा भ्रष्टाचारमुक्त रूपमा शिक्षक नियुक्त गरिनुपर्ने लगायत स्कुलहरूको बुनियादी ढाँचाको विकास गरिनुपर्ने लगायत मोठ ६ सुत्रीय मागलाई लिएर दार्जिलिङ जिल्ला एआईडीसओ को नवौँ छात्र सम्मेलनको आयोजना गरियो। सिलगढीको कोर्ट मोड नजिक सहिद वेदीमा माल्यार्पण गर्नको साथै पार्टीको झण्डा उत्तोलन गरेपछि जीटीएस क्लबमा दार्जिलिङ जिल्ला एआईडीएसओ- को नवौं छात्र सम्मेलनको आयोजना गरियो। संगठनका सदस्यहरूले बताएअनुसार लगभग ८ हजार स्कुललाई बन्द हुनबाट बचाउन साथै राष्ट्रिय शिक्षा नीति २०२० लाई रद्द गर्ने लगायत मोठ ६ सुत्रीय मागलाई लिएर यो सम्मेलनको आयोजना गरिएको हो।











