सिलगढी: सिलगढीका मेयर गौतम देव पश्चिम बंगाल न्यूनतम ज्याला सल्लाहकार बोर्डको नयाँ अध्यक्ष बने। प्रदेश श्रम विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। श्रमिकको न्यूनतम पारिश्रमिकका विषयमा यसअघि नै समिति गठन भइसकेको बताइएको छ। उक्त समिति परिवर्तन गरी गौतम देवलाई अध्यक्ष बनाइएको हो। यस सम्बन्धमा मन्त्री मलय घटकले बिहीबार दिउँसो लगभग २ बजे सिलगढी महानगरपालिकाको मुख्य कार्यालयमा फोनमा यस विषयमा जानकारी गराएको मेयर गौतम देवले बताए। उनले सबै विषयको सर्वेक्षण गरेर काम थाल्ने बताए।










