राजगञ्जको भुटकिरहाट इलाकामा अज्ञात व्यक्तिको मृतदेह उद्धार

Screenshot_20230316_160535_WhatsApp.jpg

राजगञ्ज: राजगञ्जको भुटकिरहाट इलाकामा एकजना अज्ञात व्यक्तिको मृतदेह उद्धार भएको छ। स्थानीय मानिसहरूले आज बिहान सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गस्थित राजगञ्जको भुटकिरहाट इलाकामा सडक नजिक एकजना व्यक्तिको मृतदेह देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। मृतक व्यक्तिको परिचय जुटाउन सकिएको छैन। स्थानीय मानिसहरूले दिएको जानकारीअनुसार केही दिन अघिदेखि भटकिरहाट इलाकामा सो व्यक्ति घुमफिर गरिहिड्ने गर्थे। तिनी शारीरिक रूपमा अस्वस्थ्य थिए। आज बिहान सडक किनारमा तिनलाई मृतक अवस्थामा फेला पारेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पगेर शव उदधार गरेपछि पोस्टमार्टमको लागि पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement