चुङथुङः चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा कुनै न कुनै घटना घटिनै रहन्छ यो एक देखि डेढ बर्ष भित्रमा आठ, दसवटा घर जलेर खरानी भएको छ। हिजो बेलुकी पनि यस्तै दुखको घटना घट्यो। बेलुकी ९ बजे सम्ममा लिङ्गिया गोदाम धुरा निवासी सोहन मास्केको घर आगोले जलेर स्वाह पऱ्यो। घरको सर-समान केही पनि बाचेन घटनाबारे सुने दुख लाग्यो आफैलाई रोक्नु सकिन राती ९:३० मा लिङ्गिया चियाबारी अग्नी पीडित परिवार भएकोमा पुगे। म पनि यही समष्टिमा हुर्केको दुख बुझ्ने एक श्रमिकको छोरो हुँ । यसैले जति सक्दो घरको मुखिया सोहन मास्केज्यूलाई सान्तवना दिने कार्य गरे, आफ्नु ल्यागतले भ्याएसम्मको आर्थिक सहयोग गरे। घन त मसँग कहाँ छ र धन नभएतापनि इश्वरले ठूलो मन भन्ने पक्का नै मलाई दिनु भएको छ यसैले रात-बिरात आफ्नु समष्टिमा दुख परेको बेला पुग्ने कोशिस गर्छु अहिलेसम्म पुग्दै सहयोग गर्दै आइनै रहेको छु। उक्त घर जलेको सुचना जीटीए प्रमुख अनित थापाज्यु एव सम्बन्धित बिभागहरूलाई गराएको छु। सक्दो सहयोग गर्ने प्रतिबद्धता पिडित परिवार समक्ष राखेको छु।
अत्यन्तै दुखित छु, दुख प्रकट गर्छु हिजोको यस दुखद घटनाप्रति साथै सम्पुर्ण समष्टिबासी प्रति निवेदन गर्छु सबै सचेत हौ यस्ता घटना फेरि-फेरि समष्टिमा नदोहोरियोस् इश्वरप्रति कामना गर्दछु।










