सिलगढी: सिलगढीमा अवैध कल सेन्टरको खुलासा भएको छ।यस घटनामा ५ महिला सहित मोठ २० जनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार मातिगढास्थित वेबल आईटी पार्कको फेज-३ मा गत राति एसओजी, डीडी अनि मतिगढा थाना पुलिसले संयुक्त अभियान चलाएर अवैध कल सेन्टरको खुलासा गरेको छ।यस कल सेन्टरको माध्यमबाट विदेशका मानिसहरूलाई ठग्ने गरेको आरोप रहेको छ। एसओजी, डीडी र मतिगढा थाना पुलिसले यस अवैध कल सेन्टरमा अभियान चलाएर कम्प्यूटर, सीपीयू लगायत अन्य कागज पत्रहरू पनि जफत गरेको छ। यसको साथै यस कल सेन्टरमा काम गर्ने म्यानेजर, केयरटेकर सहित मोठ २० जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा ५ जना महिला पनि सामेल छ। पक्रा परेका कल सेन्टरका म्यानेजर सोनी गुप्ता अहमदाबाद निवासी हुन् भने पुलिसको प्राथमिक जाँचमा यो कल सेन्टरको मालिक गुजरातका अभिषेक राजपूत हुन्। यसैबीच, मतिगढ़ा थाना पुलिसले पक्रा परेका सबै २० जनालाई आज सिलगढी अदालतमा पेश गयो। हाल पुलिस अनि साइबर टीमले यस मामिलाको संयुक्त जाँच शुरू गरिरहेको छ।











