दार्जिलिङ: दार्जिलिङको चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत लिङ्गिया गोदामधुरा निवासी सोहन मास्केको घर आगलागीमा जलेर स्वाहा भएको छ। चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा यो एकदेखी डेढ वर्षभित्र आठ-दसवटा घर जलेर खरानी भएको छ बताइएको छ। हिजो बेलुकी पनि यस्तै दु:खको घटना घटेको छ। बेलुकी ९ बजे सम्ममा लिङ्गिया गोदाम धुरा निवासी सोहन मास्केको घर आगोले जलेर स्वाह पारेको थियो। घरको सर-सामानहरू केही पनि बाँचेन। आगलागीको घटनामा परी सबै घर जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ। उक्त घटनाबारे जानकारी लिनलाई क्षेत्रीय सभासद सन्दीप छेत्री घटनास्थलमा पुगेका थिए। उनले यस विषयमा बोल्दै भने-, ‘आगलागीको घटना सुनेर दुःख लाग्यो र आफैलाई रोक्नु सकिन। राती ९:३० मा लिङ्गिया चियाबारी अग्नी पिडित परिवार भएकोमा पुगे। म पनि यही समष्टिमा हुर्केको दुःख बुझ्ने एक श्रमिकको छोरो हुँ। यसैले जति सक्दो घरको मुखिया सोहन मास्केलाई सान्तवना दिने कार्य गरे। आफ्नो ल्यागतले भ्याएसम्मको आर्थिक सहयोग गरे। धन त मँसंग कहाँ छ र धन नभएता पनि इश्वरले ठूलो मन भन्ने पक्का नै मलाई दिनु भएको छ। यसैले रात-बिरात आफ्नो समष्टिमा दुःख परेको बेला पुग्ने कोशिष गर्छु र अहिलेसम्म पुग्दै सहयोग गर्दै आइनैरहेको छु। उक्त घर जलेको सूचना जीटीए प्रमुख अनित थापा एवंम सम्बन्धित विभागहरूलाई गराएको छु।’

सभासद सन्दीप छेत्रीले अझ भने, सक्दो सहयोग गर्ने प्रतिबद्धता पिडित परिवार समक्ष राखेको छु।
अत्यन्तै दुःखित छु, दुःख प्रकट गर्छु। हिजोको यस दुखद घटनाप्रति साथै सम्पुर्ण समष्टिवासीप्रति निवेदन गर्छु सबै सचेत हौं। यस्ता घटना फेरि-फेरि समष्टिमा नदोहोरियोस् इश्वरप्रति कामना गर्दछु।’











