१६ मार्चः भारतीय फूटबल टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाकले बुधवारदेखि कलकत्तामा शुरु भएको राष्ट्रिय शिविरको निम्ति २३ सदस्यीय अस्थायी टीमको घोषणा गरिसकेका छन्। यस शिविरबाट नै २२-देखि २८ मार्चसम्म मणिपुरको इम्फालमा हुने हीरो त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबल टुर्नामेण्टको निम्ति भारतीय टीमको चयन गरिनेछ। टुर्नामेण्टमा भारतको साथमा छिमेकी देश म्यांमार र किर्गिज गणराज्यको टीमले हिस्सा लिनेछ। भारतको पहिलो म्याच २२ मार्चमा म्यांमार विरुद्ध रहेको छ। भारतीय पुरुष फूटबल टीम अहिले फीफा ऱ्यांकिंगमा १०६औं स्थानमा रहेको छ। आउँदो त्रिदेशीय टुर्नामेण्टमा असल प्रदर्शनको साथ भारतीय टीमसँग आफ्नो ऱ्यांकिंगमा सुधार गर्ने मौका रहनेछ। टुर्नामेण्टमा भारतको दोस्रो म्याच किर्गिज गणराज्य विरुद्ध २८ मार्चमा रहेको छ। टुर्नामेण्टका सबै म्याचहरू खुमान लम्पक स्टेडियममा हुनेछ। सबै म्याच साँझ ६ बजीदेखि शुरु हुनेछ।










