नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७३४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,९२,७१० पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कर्नाटक मा १ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७९० पुगेको छ। यसरी नै यस अवधिमा ३२७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५७,२९७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ४,६२३ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,०१,१६० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,००,१२,६६६ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ९,५२० जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६४,८०,७५६ जनाले यो खोप लगाइसकेको छन्।











