यूएफा च्याम्पियन्स लीगः सजिलै क्वार्टर फाइनलमा पुग्यो नापोली

CollageMaker_202331611310348.jpg

१६ मार्चः असाधारण लयमा रहने इटालियन क्लब नापोलीले जीतको क्रमलाई जारी राख्दै यूएफा च्याम्पियन्स लीग फूटबलको क्वार्टर फाइनलमा स्थान पक्का गऱ्यो। टुर्नामेण्टको राउण्ड अव् सिक्टीनअन्तर्गत बुधवार अबेर राति खेलिएको दोस्रो लेगको म्याचमा नापोलीले जर्मनीको क्लब एण्ट्राच फ्रेंकफर्टलाई ३-०-ले पराजित गऱ्यो। यसअघि फ्रेंकफर्टको होम ग्राउण्डमा खेलिएको पहिलो लेगमा पनि २-०-ले जीत हासिल गरेको हुनाले नापोली समग्रमा ५-०-ले विजयी भएर क्वार्टर फाइनलमा पुग्यो। आफ्नो होम ग्राउण्ड डिएगो अर्मान्दो म्याराडोना स्टेडियममा ६० प्रतिशत पोजेशनको साथ खेल्ने नापोलीलाई म्याच जित्न अधिक असुविधा भएन।

विजेता टीमबाट भिक्टर ओसिमहेनले २ गोल गरे। उनले मध्यान्तरअघि स्टपेज टाइमको दोस्रो मिनट अनि ५३औं मिनटमा गोल गरे। यसबाहेक पिओट्र जिलेन्स्कीले ६४औं मिनटमा पेनल्टीबाट अझ एक गोल गरे। नापोली इटालियन सेरि ए फूटबलमा पनि ठूलो अन्तरको साथ शीर्ष स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement