यूएफा च्याम्पियन्स लीगः लिभरपूलको बिदाई, रियल म्याड्रिड क्वार्टर फाइनलमा

CollageMaker_2023316112813486.jpg

१६ मार्चः स्पेनिश क्लब रियल म्याड्रिडले लिभरपूलको बिदाई सुनिश्चित गर्दै यूएफा च्याम्पियन्स लीग फूटबलको क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार राति खेलिएको राउण्ड अव् सिक्स्टीन चरणको रिटर्न लेगको म्याचमा रियल म्याड्रिडले लिभरपूललाई १-०-ले पराजित गऱ्यो। यसअघि लिभरपूलको होम ग्राउण्डमा पनि ५-२-ले जीत हासिल गरेको हुनाले समग्रमा ६-२-ले जीतको साथ गत सीजनको च्याम्पियन रियल क्वार्टर फाइनलमा पुग्यो। यसरी लिभरपूल च्याम्पियन्स लीगको लगातार तेस्रो सीजनमा रियल म्याड्रिड विरुद्ध पराजित भयो। रियलले गत सीजनको फाइनलमा पनि लिभरपूललाई पराजित गरी ट्रफी जितेको थियो। च्याम्पियन्स लीगको क्वार्टर फाइनल राउण्डको ड्र शुक्रवार (१७ मार्च) निकालिनेछ। होम ग्राउण्डमा ठूलो अन्तरले हारपछि लिभरपूलका प्रशंसकहरूलाई रियलको होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा आफ्नो टीमबाट चमत्कारी प्रदर्शनको आशा रहेको थियो तर अन्तमा त्यस्तो केही हुन सकेन। म्याचमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले शुरुदेखि नै जुर्गेन क्लोपको टीमलाई दबाउमा राख्यो। म्याचको एकमात्र गोल दिग्गज फरवर्ड करीम बेञ्जेमाले ७८औं मिनटमा छिराए। पूरा म्याचमा रियलले १७ पल्ट विपक्षी पोस्टमा हमला गऱ्यो, जसमा आठपल्ट शट् लक्ष्यमा रह्यो। यसको तुलनामा लिभरपूलले केवल पाँचपल्ट शट्लाई लक्ष्यमा राख्न सक्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *