गान्तोक: १६ मार्च सिक्किममा शुरु हुने जी २०-अन्तर्गत दुईवटा सम्मेलनको तयारीलाई लिएर राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज यहाँको एमजी मार्ग अनि चिन्तन भवनको स्थलगत निरीक्षण गरे। यस अवधि उनीसँग पर्यटन मन्त्री बीएस पन्त लगायत अन्य अधिकारीहरू साथमा रहेका थिए। तयारीबारे पूर्ण जानकारी लिँदै मुख्यमन्त्री तामाङले सम्मेलनलाई सफलतापूर्वक आयोजन गर्न सबैले आ-आफ्नो जिम्मेवारी समर्पित भएर निर्वाह गर्नुपर्ने आह्वान पनि गरे।









