आमा योजनाअन्तर्गत ४४६ जना आमालाई बीस-बीस हजारको चेक प्रदान

IMG-20230315-WA0257.jpg

गेजिङ: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारद्वारा गत ३ मार्चको दिन मुख्यमन्त्री प्रेमसिंह तामाङ वाहुलीबाट शुरूवात भएको आमा सशक्तीकरण योजनाको चेक प्रदान गरिने कार्य तीब्र भएको छ। आज गेजिङ बर्मेक समष्टिको निम्ति यहॉंको हिमार्तम खण्ड विकास कार्यालयमा समष्टिका ४४६ आमाहरूलाई क्षेत्र विधायक एंव मन्त्री लोकनाथ शर्माको बाहुलीवाट वितरण गरियो। समष्टिको ७ वटा ग्राम पञ्चायतका ३८ वार्डबाट लगभग ४४६ आमाहरू योजनाबाट लाभान्वित बनेका छन। यो योजनाको चेक वितरण कार्यक्रममा रहेको थियो। क्षेत्र विधायक एवं मन्त्री शर्माको वाहुलीबाट प्रत्येक ग्राम पञ्चायतका एक एक लाभार्थीलाई चेक प्रदान गरेपछि अन्यलाई विभागद्वारा वितरण गरिएको छ। मन्त्री शर्माले यसै योजना अन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्य सरकारले आमाहरूलाई सक्षम बनाउन र घर सञ्चालनको सुविधा दिन यो योजना तय गरेको बताए। यो योजनामा कुनै पक्षपात नगरेको र जसले पाउनुपर्ने छ उनिहरूलाई दिइएको बताउँदै आगामी अप्रेलमा पुनः समष्टिका रहल ५ सय आमाहरूलाई यो योजनको लाभ दिइने बताए। रकम एकपल्ट दिने होइन, प्रतिवर्ष आमाको ब्यांक एकाउन्टमा पस्ने जानकारी गराए। राज्य सरकारको यो महत्त्वपूर्ण योजनालाई सहि रूपमा प्रयोग गरेर यसलाई बढाएर लाने र त्यसको निम्ति पनि पहिलो दोस्रो र तेस्रो हुनेलाई सरकारले प्रोत्साहन राशि दिने उल्लेख गरे। आमाहरू सरकारप्रति सधै अभारी रहनुपर्ने पनि उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *