२० देशका ३१ प्रतिनिधि पाकिम हुॅंदै राजधानी आइपुगे

pkk-2

पाकिमः सिक्किममा बिहिवारदेखि बी२० सम्मेलन शुरू भइरहेको छ। उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग (डीपीआईआईटी)-ले यो क्षेत्रभित्रको अप्रयुक्त सम्भावना र अवसर प्रदर्शन गर्न पूर्वोत्तर क्षेत्रमा चारवटा बी२० सम्मेलन आयोजना गरिरहेको छ, जसमध्ये दुईवटा पहिले नै इम्फाल र आइजोलमा आयोजित भइसकेका छन्‌। तेस्रो र चौथो बी२० सम्मेलन क्रमशः गान्तोक र कोहिमामा हुनेछन्‌।

बी20 सम्मेलनमा भाग लिन आज देश तथा विदेशबाट प्रतिनिधिहरू राजधानी गान्तोक आइपुगेका छन्‌। आज विभिन्न देशका ३१ प्रतिनिधि गान्तोक आइपुगे, जसमा छिमेमी नेपाल, भूटान र बांग्लादेशसहित अस्ट्रेलिया, अर्जेण्टिना, ब्राजील, क्यानडा, चाइना, फ्रान्स, जर्मनी, इण्डोनेशिया, इटली, जापान, कोरिया, मेक्सिको, रसिया, साउदी अरब, साउथ अर्फीका, टर्की, युके र युएसएका प्रतिनिधिहरू सामेल छन्‌। प्रतिनिधिहरूलाई बिहान पाकिमको ग्रीन फिल्ड एयरपोर्टमा सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाए। यस अवसरमा सिक्किमको १५ विभिन्न जातीय समुदायका प्रतिनिधिहरूले आ-आफ्नो पारम्परिक पोशाकमा प्रतिनिधिहरूलाई स्वागत जनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *